भोजपुरमा केटी जिस्काएको आरोपमा छुरा हानाहान , ५ जना घाइते

<span class='c1'>भोजपुरमा केटी जिस्काएको आरोपमा छुरा</span> <span class='c2'>हानाहान , ५ जना घाइते</span>

भोजपुर – भोजपुर नगरपालिका–११ मा खुर्पा प्रहारबाट पाँच जना घाइते भएका छन् । बुधबार बाँसबोटेका शुभन सुन्दास र सुशील सुन्दासले स्थानीय एक युवतीलाई जिस्क्याएको आरोपमा खुर्पा प्रहार गरी उनीहरुलाई घाइते बनाएको हो ।

घाइते हुनेमा २१ वर्षीय सुशील सुन्दास, २० वर्षीय सविन पाठक, १७ वर्षीय नवीन पाठक, ३५ वर्षीय बलराम पाठक र शुभन सुन्दास रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सख्त घाइते दुई जनालाई उपचारका लागि सुनसरीको धरानस्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिठान र अर्का एक जनालाई कोशी अञ्चल अस्पताल विराटनगर लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्