सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ११ पुग्यो, ५ जनाको सनाखत

सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ११ पुग्यो, ५ जनाको सनाखत

सिन्धुपाल्चोक,२४ असोज । सिन्धुपाल्चोकको भोटसिपामा भएको बस दुर्घटना परी ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । दुर्घटनामा चालकसहित ११ को मृत्यु भएको र ६० जना घाइते भएको उद्दारमा खटिएका प्रहरीले जानकारी दिएका छन् ।
सिन्धुपाल्चोकको सिपाटारबाट काठमाडौँका लागि छुटेको बा २ ख २७१५ नम्बरको बस बिहान करिव ९ः३० बजे इन्द्रावती गाउँपालिका १० भोटसिपास्थित तिखु मोडमा दुर्घटना भएको थियो । मृत्यु हुनेहरुमध्ये हालसम्म पाँच जनाको सुनाखत भएको छ । सनाखत हुनेहरुमा इन्द्रावती ९का हिरा श्रेष्ठ, इन्द्रावती ९कै बिनोद लम्साल,चालक केदार महाजु,काभ्रे पाँच खालकी सङ्गिता पुर्कोटी र इन्द्रावती १०का रितेश आचार्य रहेका छन् । घटनास्थलमा घाइतेहरुको उद्दारका लागि हेलिकप्टर र स्काभेटर परिचालन गरिएको छ भने उपचारार्थ धुलिखेल अस्पताल पुर्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्