विराटनगरमा एक नम्बर प्रदेश प्रहरी कार्यालयले मनायो आफ्नो ६४ औँ प्रहरी दिवश ( फोटो फिचर)

विराटनगरमा एक नम्बर प्रदेश प्रहरी कार्यालयले मनायो आफ्नो ६४ औँ प्रहरी दिवश ( फोटो फिचर)

बिराटनगर,२४ असोज । एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगले ६४ आँै प्रहरी दिवश २०७६ भव्यताका साथ मनाएको छ ।
प्रदेश प्रहरी कार्यालय बिराटनगरले शुक्रबार अमर प्रहरीहरुलाई श्रद्धाञ्जली दिनुकाका साथै विबिध कार्यक्रमहरुको आयोजना गरी “६४ औं प्रहरी दिवश २०७६” मनाएको हो ।


प्रहरी दिवसको अवसरमा दिपावली, रक्तदान, सार्वजनिक स्थल सरसफाई, लगायतका कार्यक्रमहरुको आयोजना गरेको थियो । प्रदेश प्रहरी तालिम केन्द्र रानीमा आयोजित विशेष कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि १ नम्बर प्रदेशका माननीय मुख्यमन्त्रीशेरधन राई , आन्तरिक मामिला तथा कानून मन्त्रीहिक्मत कार्की, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली लगायतका उपस्थित महानुभावहरुले प्रदेश प्रहरी तालिम केन्द्रमा अवस्थित अमर प्रहरी स्मारकमा पुष्पहार तथा शोक सलामी अर्पण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी १ नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले १ नम्बर प्रदेश अन्तरगत रहेका बिभिन्न प्रहरी कार्यालयहरुलाई आफ्नो अमूल्य जग्गा दान गर्नु हुने जग्गा दाताहरु ओखलढुंगाकी पद्म कुमारी थापा, सुनसरीका सनिचर महतो कोईरी र रामलाल महतो कोईरी, सुनसरी कै जसोदा राई, जसोदा देवी बस्नेत र निराहाङ राई , झापाका टेकनाथ उपाध्याय दाहाल ररत्न बहादुर श्रेष्ठ,मोरङका केशव सुवाल, नवराज बराल, सारदराज नेपाल, बासु बहादुर बस्नेत र छविलाल फुयाल र भोजपुरका लोकमणी नेपाललाई कदर पत्रले सम्मान गर्नु भएको थियो । यसैगरी जिल्लामा शान्ति सुरक्षा अमनचयन कायम राख्न नेपाल प्रहरी संग सहकार्य गरीविभिन्न प्रहरी कार्यमा सहयोग र्पुयाउनेकोशी गाँउपालिका(६ का भुवनेश्वर यादव र नारायण साह, ईन्टरनेट प्रदायक संस्था क्लासिक टेक बिराटनगर र आम नागरिकहरुलाई सुसुचित पार्न टेलिभिजन मार्फत प्रहरी अनुरोध कार्यक्रम प्रसारण गर्ने कार्यमा अतुलनिय योगदान पुर्याउनु भएका सुर्योदय टेलिभिजनबिर्तामोडका प्रमुख मनोज उप्रेतीलाई प्रशंसा पत्रले सम्मान गर्नु भएक थियो ।


त्यस्तै समुदाय(प्रहरी साझेदारीकार्यक्रम कार्यान्वयनमा उत्कृष्ट कार्य गर्ने जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत प्रहरी जवान बिमला चौहान, ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने अस्थायी जिल्ला ट्राफिक प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रेम कुमार साह, उत्कृष्ठ प्रशासनिक कार्य गर्ने जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा कार्यरत प्रहरी सहायक निरीक्षक महेश थापा, उत्कृष्ठ अपराध अनुसन्धान तर्फ जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत प्रहरी सहायक निरीक्षक दुर्गा खनाल र उत्कृष्ठ प्रशिक्षकमा प्रदेश प्रहरी तालिम केन्द्र रानी, विराटनगरमा कार्यरत प्रहरी निरीक्षक प्रकाश जबेगुलाई पुरस्कृत गर्नु भएको थियो ।

पुरस्कार बितरण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै माननीय मुख्य मन्त्री शेरधन राईले ६४ औं प्रहरी दिवसको अवसरमा सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई शुभकामना दिनु हुँदै अहोरात्र खटिने नेपाल प्रहरीका कर्मचारीहरुले उच्च मनोवलकासाथ काम गरी जनताको विश्वास जित्न सफल हुनेमा आफू विश्वस्त रहेको बताउनु भयो । साथै देश र जनताको सेवा र सुरक्षार्थ आफ्नो कर्तव्य पालनाको सिलसिलामा वीरगती प्राप्त गर्ने वीर अमर प्रहरीहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।वहाँले विकासको पहिलो सर्त भनेकै सुरक्षा रहेको हुँदा प्रदेशको समग्र सुरक्षाको सम्बन्धमा प्रदेश सरकार लागि परिरहेको समेत बताउनु भयो ।
प्रहरी दिवशकै अवसरमा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती ज्ञानु ज्ञवालीले अमर प्रहरी परिवारजनहरुलाई दोशल्ला ओढाएर सम्मान गर्नु भएको थियो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले प्रमुख अतिथी लगायत उपस्थित सम्पूर्ण महानुभावहरुमा धन्यवाद ज्ञापन गर्नुहुँदै आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा प्राण उत्सर्ग गर्ने बहादुर र कर्तव्यपरायण नेपाल कार्यक्रममा जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधीहरु, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, स्थानीय समाजसेवी, उद्योगी ब्यापारीहरु, अमर प्रहरी परिवारजनहरु, पूर्व प्रहरीहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, पत्रकारहरु, मानवअधिकारकर्मी लगायत विभिन्न कार्यालयका प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्