चिनियाँ राष्ट्रपतिको भ्रमणमा विमानस्थल केही समय बन्द हुने

चिनियाँ राष्ट्रपतिको भ्रमणमा विमानस्थल केही समय बन्द हुने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समय बन्द हुने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गर्दै सी काठमाडौं अवतरण र फर्किने क्रममा विमानस्थल केही समय बन्द हुने जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयकाे नोटाम (नोटिस टु एयरम्यान)  अनुसार शनिबार दिउँसो २:५ देखि साँझ ५:२५ र सी फर्किने क्रममा पनि आइतबार बिहान ११:२० देखि दिउँसो १:५० सम्म विमानस्थल बन्द हुने छ ।

यस अवधीमा विमानस्थल आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै टर्मिनलका सबै सेवा ठप्प हुनेछन् । कार्यालयले यसबीचमा प्रभावित हुने सबै उडानको तालिका समेत सार्वजनिक गरेको छ ।

उडान अवतरणको व्यवस्थापनको लागि शनिबार र आइतबार विमानस्थल २४सै घण्टा सञ्चालनमा आउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्