सिन्धुपाल्चोक बस दुर्घटनामा परि ज्यान गुमाउने ११ जनाको परिचय खुल्यो

सिन्धुपाल्चोक बस दुर्घटनामा परि ज्यान गुमाउने ११ जनाको परिचय खुल्यो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा शुक्रबार भएको बस दुर्घटनामा परि ज्यान गुमाउने ११ जनाको परिचय खुलेको छ ।

बस दुर्घटनामा परि पाँच जनाको घटनास्थलमा, १ जनाको उपचार गर्न अस्पताल लैजाँदै गर्दा बाटोमा र ५ जनाको अस्पतालमा ज्यान गएको हो । ज्यान गुमाउनेमा काभ्रेको बनेपा नगरपालिका–३, का केदारनाथ महाजु, पाँचखाल नगरपालिका ६ की संगिता मिजार, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–९ की हिरा श्रेष्ठ र विनोद लम्साल, इन्द्रावती गाउँपालिका–१० का रितेष आचार्य, सुवास अधिकारी, सुमित पुर्कुटी र मिना मगर, ललितपुर बस्ने इन्द्रावती गाउँपालिका–९ की समिता श्रेष्ठ र जुनादेवी लम्साल तथा मेलम्ची नगरपालिका १३ का अनुश तामाङ रहेका छन् ।

दुर्घटनामा परि घाइते हुनेहरुको बनेपामा रहेको शिर मेमोरियल अस्पताल, धुलिखेल अस्पताल तथा काठमाण्डौका विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

भोटसिपाबाट काठमाण्डौका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस शुक्रबार इन्द्रावती गाउँपालिका १० मा दुर्घटना हुँदा चालकसहित ११ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्