विराटनगरमा फेरी चोरी : दशैं मनाउन घर गएका विद्यार्थीको डेरामा चोरी , कलेजका पोसाकदेखि ग्यास सिलिन्डर समेत छोडेन चोरले

विराटनगरमा फेरी चोरी : दशैं मनाउन घर गएका विद्यार्थीको डेरामा चोरी , कलेजका पोसाकदेखि ग्यास सिलिन्डर समेत छोडेन चोरले

विराटनगर, २५ असोज । विराटनगरको विराट अर्थोपेडिक क्लीनिकमा कार्यरत २३ बर्षिय वेद प्रकाश गुप्ता फुलपातीका दिन दशै मनाउन घर गए । सप्तरी भारदह घर भएका गुप्ता एक साता पछि विराटनगर फर्किए । जब उनी असोज २४ शुक्रबार आफु बस्दै आएको डेरामा पुगे त्यो बेला ३ छक्क परे । घर जानुभन्दा पहिला नै आफू बस्दै आएको डेराको घरका झ्याल , ढोका बन्द गरेर चाबी लगाएर घर गए । तर घरबाट आईपुग्दा जुन अवस्था आफूले छोडेको थियो भन्दा विल्कुल फरक भेटाए । कोठामा लगाईएको ताला तोडर लथालिङग पारिएका थिए ।


उनी सिराहा घर भएका सुकदेव यादवको घर विराटनगर १० तिन टोलीया धम्रवान रोड छेउ बस्दै आएका थिए । उनको डेरामा लगाईएको ताल्चा तोडेर कोठा भित्र राखिएको एक थान मोवाईले सेट, खाना पकाउने ग्यासको सिलिण्डर नयाँ जुत्ता चोरी भएको गुप्ताले आवर विराटनगरलाई जानकारी गराए ।

[caption id="attachment_97466" align="alignnone" width="1280"] घरको कोठामा लगाइएको ताला चोरले तोडेपछिको दृष्य ।
तस्वीर ः प्रेम देवान[/caption]

गुप्ताको जस्तै अन्य त्यही घरको कोठामा डेरा लिएर बसेका कोवास कलेजमा अध्ययनरत राजेश सिह , सप्तरी भएका हरि यादव , अभिमन्यू मण्डल अभिषेक मण्डल , भुपेन्द्र मण्डल र सिरहा घर भएका जयन्त यादवको कोठाको ताल्चा फोडेर चोरी भएको छ । उनीहरुको खाना पकाउने ग्यासको सिलिण्डर ४ वटा , एक थान ल्यापटक , मोवाईल र विद्यार्थीको कलेजका कोट र जुत्ता लगायतको चोरी भएको विद्यार्थीहरुले बताएका छन् । चोरी भएका घटनको बारेमा प्रहरी जानकारी गराईसेकको विद्यार्थीहरुले बताएका छन् । यता जिल्ला प्रहरी कार्यालय मोरङले चोरी भएको घटनाको बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवत्ता राजकुमार खिउजुले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्