पाँचौ सस्करणको मिस कोशी र मिसेस कोशीको उपाधि रेखा र रेनुकालाई

<span class='c1'>पाँचौ सस्करणको मिस कोशी र मिसेस</span> <span class='c2'>कोशीको उपाधि रेखा र रेनुकालाई</span>

विराटनगर, २५ असोज । पाँचौ संस्करणको मिस कोशीको उपाधि तेह्रथुमकी रेखा कार्कीले जितेकी छिन् । उनले उपाधिसँगै नगद ५० हजार रूपैयाँको साथै चाँदीको आकर्षक क्राउन प्राप्त गरिन् । त्यस्तै मोरङ केराबारीकी रेनुका लिम्बुले तेस्रो संस्करणको मिसेस कोशीको उपाधि जितेकी छिन् । रेनुकाले पनि नगद ५० हजार रूपैयाँको साथै चाँदीको आकर्षक क्राउन प्राप्त गरिन् ।


जय मिडिया म्यानेजमेन्ट प्रालिले इटहरीमा आयोजना गरेको मिस कोशीको फाइनलमा ७ जना र मिसेस कोशीमा ११ जनाले प्रतिस्पर्धा गरेका थिए ।
मिस कोशीतर्फको फस्ट रनरअप मोरङ बेलबारीकी अनु निरौला तथा सेकेण्ड रनरअप इश्वरी चोङवाङ्ग घोषित भइन् ।
यस्तै मिसेस कोशीको फस्ट रनरअप धरानकी दीपा सेन्चुरी विश्वकर्मा र सेकेण्ड रनरअप विराटचोककी पूजा सोनार घोषित भइन् ।
प्रतियोगिताको निर्णायकहरूमा चलचित्र निर्मता तथा निर्देशक बावुराम आर्याल, नर्सिङ्ग क्याम्प विराटनगरकी प्रमुख मनुका भण्डारी र मिस्टर नेपालको निर्देशक मिना श्रेष्ठ रहेका थिए ।
सोही अवसरमा नेपाली सिने क्षेत्रका चर्चित तीन जना कलाकारहरूलाई सम्मान पनि गरियो । कलाकार संघको अध्यक्ष तथा वरिष्ठ कलाकार रविन्द्र खड्का, चर्चित अभिनेताद्धोय शिव श्रेष्ठ र धिरेन शाक्यलाई सम्मानित भएका हुन् । उनीहरू कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कलाकारिता क्षेत्रमा पु¥याएको योगदान कदर गर्दै उनीहरूलाई सम्मान गरिएको जय मिडिया म्यानिजमेन्टका निर्देशक जय राज रायले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्