चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौँमा, विमानस्थलमा परिचयात्मक कार्यक्रम जारी

चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौँमा, विमानस्थलमा परिचयात्मक कार्यक्रम जारी

काठमाडौं । नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङ र मन्त्रिपरिषद्का सदस्यबीच चिनापर्चीको कार्यक्रम जारी छ । राष्ट्रपति सीलाई समकक्षी विद्यादेवी भण्डारीले परिचय गराएकी हुन् ।

यसअघि राष्ट्रपति सीलाई नेपाली सेनाले सम्मान गारद अर्पण गरेको थियो । राष्ट्रपति सीको स्वागतार्थ विभिन्न झाँकी प्रस्तुत गरिएको थियो ।
विमानस्थलको कार्यक्रमपछि सी होटल सोल्टी प्रस्थान गर्नेछन् । त्यहाँ केहीबेर आराम गरेर साँझ ६ः३० बजे उनको भेट राष्ट्रपति विद्यादेवी भण्डारीसँग हुनेछ । राष्ट्रपतिसँगको द्विपक्षीय भेटवार्तापछि सीको भेट प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग पनि वान अन वान वार्ता हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्