२२ जना ‘फ्रि तिब्बत’ समर्थक पक्राउ

२२ जना ‘फ्रि तिब्बत’ समर्थक पक्राउ

काठमाडौं । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा प्रदर्शनको तयारी गरिरहेका २२ जना ‘फ्रि तिब्बत’ समर्थकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरको टोलीले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

काठमाडौंको वौद्ध, स्वयम्भु र फर्पिङबाट २२ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन् । प्रदर्शनको तयारी गरिरहेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट फ्री तिब्बत लेखिएको टिसर्ट, झोला लगायतको सामग्रीसमेत बरामद भएको छ । उनीहरुको साथबाट टिबेटिएन झण्डा समेत भेटिएको छ भने फ्री तिब्बतको नारा लेखिएको ट्रयाकसुट लगाएको व्यक्ति पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा अधिकांश तिब्बती नागरिक छन् भने केही नेपाली नागरिकलाई पनि पक्राउ गरिएको छ । मकालु खबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्