विराटनगरमा चार बर्षदेखि निःशुल्क होमियोप्याथिक उपचार हुँदै, खर्च जोहो गर्न ब्यक्तिको साहारा

विराटनगरमा चार बर्षदेखि निःशुल्क होमियोप्याथिक उपचार हुँदै, खर्च जोहो गर्न ब्यक्तिको साहारा

विराटनगर । विराटनगरमा एउटा यस्तो ठाउँ छ, जहाँ बिगत लामो समयदेखि निःशुल्क होमियोप्याथिक उपचार हुँदै आएको छ ।
केही ब्यक्तिहरु मिलेर शुरु गरेको होमियोप्याथिक प्रद्धतीबाट उपचार गराउन पुगेका जो कोहीलाई पनि निशुल्क उपचार गराएर पठाउने गरिएको हो । २०७२ सालमा माहेश्वरी समाज विराटनगरले माहेश होमियो दातब्य औषधालय निःशुल्क संचालनमा ल्याएसँगै सामाजिक सेवाभावमा यो निशुल्क उपचारको काम शुरु भएको हो ।
शुरुमा यो संस्था शुरु गर्दा १० जनाले मिलेर सामाजिक क्षेत्रमा केही काम गरौँ भनेर माहेश होमियो दातब्य संचालनमा ल्याए । २०७२ सालदेखि माहेश होमियो दातब्य संचालन गर्दै आएका समितिका संयोजक घनश्याम राठीले निःशुल्क औषधि समेत वितरण गर्दै आएको जानकारी दिए । शुरुमा औषधिको लागि बार्षिक ४० हजार खर्च हुँदै आएकोमा अहिले करिब १ लाख निःशुल्क औषधिमा खर्च हुने गरेको उनले सुनाए । संस्थाले शुरु गरेको सामाजिक काममा जीतेन्द्र कुमार तथा मुकेश राठी र नन्दकिशोर राठी तथा जुगलकिशोर राठीले औषधी खरिदको लागि सहयोग गर्दै आएको संयोजक राठीले बताए ।
विराटनगर ९ घोगापुल चौकमा रहेको माहेश होमियो दातब्यले निःशुल्क सेवा दिएसँगै धेरै ठाउँमा पुगेर उपचार सम्भव नभएकाहरुको समेत उपचार गर्न सफल भएको संयोजक राठीको दाबी छ । दर्ता शुल्क ३० रुपैयाँ लिने गरिएको तथा दर्ता गराएपछि कुनै पनि समस्याको बारेमा चिकित्सकीय सेवा लिन सकिने संयोजक राठी बताउँछन् ।
छाला सम्बन्धि, शरिरका भागमा मासु पलाएका तथा पत्थरी, चर्मरोग, स्त्री रोग, बाल रोग, युरिकएसिड, प्रोस्टेड, पायल्स, मुसा, ज्वाईन्टपेन, कपाल झर्ने, साईनस, माईग्रेन मानसिक रोग, नसा रोग , आँखा कान दाँत दुख्ने समस्या, डाईभिटीज लगायतको समस्या भएका बिरामीहरु उपचारको लागि आउने गरेको माहेश होमियो दातब्य औषधालयका डा. आशिष कुमार रायले बताए । भारतको फारविसगंज, अररिया, जोगवनी, सुपौलबाट समेत उपचारको लागि विरामीहरु आउने गरेका छन् ।
त्यस्तै नेपालका बिभिन्न ठाउँबाट समेत उपचारका लागि बिरामीहरु आउने गरेको राठीले जानकारी दिए । यसरी उपचारको लागि आउनेहरुमा ईनरुवा, लाहान, ईटहरी दमक तथा रंगेलीबाट समेत विरामीहरु आउने गरेका छन् ।
राठीका अनुसार यस माहेश होमियो दातब्य औषधालयमा उपचार गराएका बिरामीहरुले विराट नर्सिङहोममा प्याथोलोजी जाँच ब्लड, युरिन र अल्ट्रासाउण्डको एक्सरेमा २० प्रतिशत छुटको ब्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्