सुनसरीकाे काेशीमा जंगली हात्तीको आक्रमण, गम्भीर घाइते सुरेन्द्र यादबको धरानमा उपचार हुँदै

सुनसरीकाे काेशीमा जंगली हात्तीको आक्रमण, गम्भीर घाइते सुरेन्द्र यादबको धरानमा उपचार हुँदै

नसीम अन्सारी

सुनसरी । सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ४ कुसाहामा जंगली हात्तीको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन्। गएराति ११ बजे हात्तीले आक्रमण गर्दा सोही स्थानका ४० वर्षीय सुरेन्द्र यादब गम्भीर घाइते भएका हुन् । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्किएको हात्तिको समुहले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
आक्रमणबाट घाइते भएका यादवलाई इलाका प्रहरी कार्यालय लौकहीको प्रहरी टोलीले उद्दार गरि विराटनगरमा रहेको न्युरो अस्पताल पठाएको छ । उपचारको क्रममा उनको १२ वटा हदी भाँचिएपछि न्युरोमा उपचार सम्भव नहुने जनाएपछि उनलाई थप उपचारको लागि बीपी कोईराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचार भईरहेको वडा अध्यक्ष सुलेमान मंसुरीले जानकारी दिए । जंगली हात्तीलाई प्रहरी र स्थानीयको सहयोगमा वन्यजन्तु आरक्ष तर्फ लखेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्