सशस्त्र प्रहरीको नाउँमा सर्वसधारणलाई ठग्ने एक जनालाई पक्राउ

सशस्त्र प्रहरीको नाउँमा सर्वसधारणलाई ठग्ने एक जनालाई पक्राउ

जनकपुर । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय धनुषाको टोलीले सशस्त्र प्रहरीको नाउँमा सर्वसधारणलाई ठग्ने एक जनालाई पक्राउ गरेको छ ।

धनुषाको मिथिलाविहारी नगरपालिका –१० बस्ने २७ वर्षीय विश्वनाथ साहलाई शुक्रबार सशस्त्र प्रहरीको स्क्वाइट टोलीले पक्राउ गरी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयलाई जिम्मा लगाएको छ । भारतीय सीमापारी रहेको हरिणेबजारबाट आउने सर्वसधारणलाई चेक जाँच गर्ने र आफु सादा पोशाकको सशस्त्र प्रहरी रहेको बताउँदै अवैध रुपमा पैसा असुलिरहेको खबर पाएपछि साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय, धनुषाका एसपी राजु उप्रेतिले जानकारी दिए ।

नक्कली प्रहरी साहसँग रहेको प्रदेश २–०३–००४ प २६०५ नम्बरको एक थान मोटरसाइकल, अन्य मोटरसाइकलको दुई थान साँचो, एकथान सवारी चालक अनुमतिपत्र, पासबुक लगायत कागजात बरामद भएको सशस्त्र प्रहरी उपरिक्षक उप्रेतिले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्