प्रदेश सरकारको विराटनगर लक्षित धेरै योजना, मन्त्री घिमिरेले भने ‘जानेर गल्ती गर्दिन’

प्रदेश सरकारको विराटनगर लक्षित धेरै योजना, मन्त्री घिमिरेले भने ‘जानेर गल्ती गर्दिन’

विराटनगर । प्रदेश सरकारले रातीको समयमा खेल खेल्न सक्ने खालको वातावरण बनाउनको लागि काम शुरु भएको जनाएको छ। विराटनगरको सहिद मैदानलाई डे नाईट फुटवल खेल खेलाउने वातावरण बनाउनको लागि प्रदेश सरकारले फ्लड लाईटका लागि ५ करोड बजेट छुट्याएर काम शुरु गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । सबै मन्त्री बिराटनगर बाहिरका रहेको र आफु मात्र बिराटनगरको रहेको दाबी गर्दै बिराटनगरलाई प्राथमिकतामा राख्नु आफ्नो दायित्व भित्र पर्ने भएकोले पनि विराटनगरमा धेरै कामहरु भएको उनको दाबी छ । विराटनगरको पहिचानसँग जोडिएको, बिराट राजा दरवार क्षेत्रको संरक्षण र संवद्र्धन गर्ने आफ्नो योजना अनुसार संघ र प्रदेशले काम थालिसकेको उनको दाबी छ । एउटा ठुलो परियोजनाको रुपमा विकास गरि दरवार क्षेत्रको संरक्षण र प्रवद्र्धनको काम शुरु भएको मन्त्री घिमिरेले बताए ।
विराटनगरको १० नम्बर वडा स्तरिय शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री घिमिरेले अहिले बिराटनगरका तीन सय किलोमिटर कलोपत्रेको चरणमा रहेको बताए । पुष्पलाल चोकदेखि विराटचोकसम्मको सडक चारलेनको बनाउनको लागि सिलान्यास भएर काम शुरु भईसकेको जानकारी दिए । निर्माण शुरु भएको सडकले अन्य क्षेत्रलाई भन्दा बढी बिराटनगरलाई नै फाईदा पुग्ने उनले दाबी गरे ।
पुष्पलालचोक देखि गछियासम्मको काम पनि शुरु भईसकेकोले पनि बिराटनगरलाई अब सबै क्षेत्रबाट जोड्न र अझ फराकिलो बनाउने काम भएको उनको दाबी छ ।
उनले विराटनगको सडक ब्यवस्थापनको लागि विराटनगरको पिचरा हुँदै नेमुवासम्मलाई वाईपास सडकको रुपमा विकास गर्नको लागि यो बर्ष देखि काम शुरु हुने मन्त्री घिमिरेले बताए । १० बर्षदेखि अलपत्र परेको पशु बधशाला प्रदेश सरकार र विराटनगर महानगरपालिकाको संयुक्त रुपमा काम शुरु भईरहेकोले अब त्यसको कामले पनि पुर्णता पाउने उनले शुभकामना आदान प्रदानकै क्रममा सुनाए ।
विराटनगर ८ मा खानेपानी ट्याङ्की संचालन हुने अबस्थामा रहेको, बिराटनगर ८ को बलुवाही र कटहरी जोड्ने गरी झोलुङ्गेपुल र परोपकार घाटको उत्तरबाट पक्की पुल निर्माण हुने समेत उनले जानकारी दिए ।
आफ्नो निर्वाचन क्षेत्रमा गएको कार्यक्रमको बारेमा जानकारी गराउँदै मन्त्री घिमिरले अहिलेसम्म भएको विकास निर्माणको बारेमा पनि जानकारी गराएका थिए । उनले सिँगिया खोलाको तटबन्ध बनाउने काम गत आर्थिक बर्ष देखि नै शुरु भएको र यो बर्ष पनि निरन्तरता दिईएको बताए । आफ्नो निर्वाचन क्षेत्रका हरेक बिद्यालयमा शैक्षिक सुधारका लागि केही न केही योजना तथा कार्यक्रमहरु लगेको उनको दाबी छ । डिजिटल लिट्रेसीलाई अभियानको रुपमा संचालन गर्न चाहेको समेत बताएका मन्त्री घिमिरेले अब ८० बर्ष पुगेका हजुर बुबा हजुर आमालाई पनि फेसबुक चलाउन सक्ने बनाउने अभियान प्रदेश सरकारको रहेको उल्लेख गरे ।
भएका कामको बारेमा जानकारी तथा नयाँ योजनाको बारेमा सुनाएका मन्त्री घिमिरेले जानेर कहिल्यै गल्ती नगर्ने उद्घोष गरे । तर नजान्दा नजान्दै पनि कहिले काँही गल्ती तथा कमी कमजोरी भए त्यसलाई सच्याउने अवसर दिन समेत उनले आफ्ना निर्वाचन क्षेत्रका नागरिकलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्