सीलाई ओलीको भावुक विदाइ : ‘यहाँले देखाउनुभएको सद्भावका लागि आभार व्यक्त गर्छु’

सीलाई ओलीको भावुक विदाइ : ‘यहाँले देखाउनुभएको सद्भावका लागि आभार व्यक्त गर्छु’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङप्रति आभार व्यक्त गरेका छन् । राष्ट्रपति सी लाई विमानस्थलबाट विदाइ गरेपछि सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्धले नयाँ उचाई र गतिशीलता प्राप्त गरेको बताएका हुन् ।

'मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको छ,' प्रधानमन्त्री ओलीले लेखेका छन्, 'उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाई र गतिशीलता प्राप्त गरेको छ ।'

ओलीले नेपाल र नेपाली जनताप्रति सी ले देखाएको सद्भाव र सदिक्षाका लागि आभार व्यक्त गरेका छन् । 'नेपाल भ्रमण गरी नेपाल र नेपाली जनताप्रति देखाउनु भएको सद्भाव र सदिच्छाका लागि उहाँप्रति आभार व्यक्त गर्दछु,' ओलीले ट्वीटमार्फत भने, 'भ्रमणलाई अभूतपूर्व रुपमा सफल पार्न लागि पर्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।'

https://twitter.com/PM_Nepal/status/1183302540818968576?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1183302540818968576&ref_url=https%3A%2F%2Flokaantar.com%2Fsamachar%2F89028

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्