दाईजो नदिएको भन्दै विराटनगकी रञ्जुदेवीको जोगवनीमा हत्या, खोलामा शव भेटियो

दाईजो नदिएको भन्दै विराटनगकी रञ्जुदेवीको जोगवनीमा हत्या, खोलामा शव भेटियो

विराटनगर । माईतीपक्षले दाईजो नदिएको भन्दै एक महिलाको जोगवनीमा हत्या भएको छ । विराटनगर ११ पञ्चमुखी चोकका मनिकचन्द सहनीको २२ वर्षीय छोरी रञ्जुदेवी सहनी(बहरदार) को जोगवनीमा हत्या भएको हो ।
रन्जुको हत्या पछि भारतको अररिया जिल्ला स्थित परवाना नदीको मिरगन्ज पुल नजिकै शवलाई पानीमा डुबाएर राखेको अवस्थामा भेटिएको छ । उनको शव स्थानियवासीले खोलामा देखे पछि जोगबनी प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीको निर्देशनमा मृतकका शबलाई आफन्तले खोलाबाट निकालेका छन् । शवको पोष्टमार्टम पछि नेपाल नै ल्याएर दाहसंस्कार गरिने मृतकका माईती पक्षले बताएका छन् । हत्यामा संग्लन चार जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । जोगबनी प्रहरी थानाका ईन्चार्ज अफताब अहमदका अनुसार रन्जुका श्रीमान् भीम बहरदार, जेठाजु अर्जुन बहरदार, ससुरा सैनी बहरदार, छिमेकी शिवानन्द मुखिया पक्राउ परेको छन् ।
हत्यामा संलग्न चारजना विरुद्ध रन्जुका माईती पक्षले भारतीय प्रहरी समक्ष ज्यान मुद्दा दर्ता गराएका छन् । पक्राउ परेको ४ जना माथि थाना कार्ड नम्बर ३०३ र १९ को दफा ३०४ बि, २०१ र भारतीय दण्ड विधान ३४ अन्तर्गत मुद्दा दर्ता भईसकेको जोगबनी प्रहरी थानाले जनाएको छ ।
रन्जुको हत्याको कारण
गत फागुनमा भारतको अररिया जिल्ला तकिया निवासी २५ बर्षीय भिम बहरदारसंग रन्जुदेवीको विवाह भयो । विवाह पछि बहरदार परिवारले पटक–पटक रन्जुलाई दाईजोको विषयमा मानसिक र शारिरिक यातना दिँदै आएका थिए । दाईजोको दवावका बिच माईती पक्षले केही समय अगाडी मात्र मोटरसाईकल समेत किनेर दिएका थिए । ‘हामीले भर्खरै मात्र ९० हजारको मोटरसाईकल किनिदिएका थियौँ, रज्जुका हजुरबुबा उमालाल सहनीले भने, ‘फेरी छोरीका सासु–ससुरा र श्रीमान्ले २ लाख पैसा पसल गर्न भनेर मागे त्यो दिन नसकेपछि यसरी हत्या भएको हो ।’
यस अघि पनि छोरीलाई सासु–ससुरा र श्रीमान्ले पटक–पटक दाइजोको लागि यातना दिदै उमालालले बताए । पछिल्लो माग गरेको दुईलाख नदिएकै कारण नातिनीले ज्यान गुमाउनु परेको उमालालको भनाई छ ।
बिगत दुई दिनदेखि हराएकी रञ्जुको बारेमा जोगवनी थानामा माईती पक्षले शनीवार नै उजुरी दिएका थिए । भारतीय प्रहरीले माईती पक्षको निवेदनका आधारमा परिवारका ४ जनालाई फक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्