काठमाडौँको शिव फेसन विराटनगरमा

काठमाडौँको शिव फेसन विराटनगरमा

विराटनगर । काठमाण्डौंको शिव फेसन हाउसले विराटनगरमा शाखा विस्तार गरेको छ । विराटनगर स्थित सेन्ट्रल मलको दोस्रो तलामा शिव फेसन स्टोर्स सञ्चालनमा ल्याएको हो ।
आइतबार देखि सञ्चालनमा आएको स्टोर्सको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले उद्घाटन गरे । स्टोरमा महिला र पुरुष दुवैका लागि विभिन्न फेशनेवल कलेक्सन कपडा राखिएको छ । विराटनगरका उपभोक्तालाई गुणस्तरीय कपडाको कलेक्सन उपलब्ध गराउने उद्देश्यले स्टोर्स सञ्चालनमा ल्याइएको सञ्चालक सुजिता श्रेष्ठ बत्राले बताइन् ।
बत्राका अनुसार स्टोर्समा साडी, कुर्था , लेङ्गा , सेरवानी लगायतका कपडा रहेका छन् । यसका साथै अन्य डिजाइनर कपडा समेत उक्त स्टोरले उपलब्ध गराउने उनले जानकारी दिइन् । सुपथ मूल्यमा कलेक्सनका कपडा उपलब्ध हुने पनि उनले दाबी गरिन् । भारतका विभन्न शहरबाट कलेक्सन गरेर कपडा ल्याइने भएकाले कपडाको गुणस्तरमा सम्झौता नहुने र मूल्य पनि सस्तो हुने बात्रा बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्