भारतीय पटका नेपाल भित्रन थाले, १२ बन्डल पटका बरामद

भारतीय पटका नेपाल भित्रन थाले,  १२ बन्डल  पटका बरामद

विराटनगर । नेपालमा प्रतिबन्धित बारुदले भरिएको पटका भित्रन थालेको छ । तिहार नजिकिँदै गर्दा बिराटनगरको नाका भएर पटका भारतबाट नेपाल भित्रन थालेको हो ।
नेपाल–भारतको खुला नाकाको फाईदा उठाउँदै ठूलो परिणाममा पटका बर्षेनी भित्रने गर्दछ । यो बर्ष पनि तिहार नजिकिँदै गर्दा पटका बरामद हुन थालेको छ । मोरङको सुनवर्सी नगरपालिका ९ डायनिया बजारमा भारतबाट अबैध रुपमा नेपाल तर्फ साईकलमा ल्याउदै गरेको १२ बन्डल कोब्रा नामक पटका प्रहरीले बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले सो पटका बरामद गरेको हो । प्रहरीलाई देख्न साथ पटका छाडी मानिस साईकल लिई फरार रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
त्यस्तै मोरङको रंगेली नगरपालिका २ मंगलबारे स्थित नहर छेउमा भारतबाट वि आर ३८ के ३९८७ नम्बरको मोटरसाईकलमा भन्सार छली ल्याउदै गरेको सामान बरामद गरेको छ ।
प्रहरीले आइरन, ग्याँस चुलो,सिलिङ्ग पंखा र प्रेसर कुकर नियान्त्रणमा लिएको हो । ४० हजार बराबरको सामान इप्रका रंगेलीबाट खटिएको प्रहरी गस्ती टोलीले पक्राउ गरेको हो । तिहार तथा छठ नजिकिएसंगै हुन सक्ने अपराधिक घटनाहरुको साथै पटका जन्य पदार्थ तथा अन्य अबैध सामानहरु भित्रिन सक्ने अबस्थालाई मध्यनजर गर्दै सिमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्