पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव फागुनमा हुने

<span class='c1'>पाथीभरा म्याराथन तथा मेची</span> <span class='c2'>पर्यटन महोत्सव फागुनमा हुने</span>

ताप्लेजुङ । ताप्लेजुङमा आगामी फागुनमा पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव हुने भएको छ । पाथीभरा मन्दिरसहित पूर्वका धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित फागुन ९ देखि १३ गते सम्म म्याराथन तथा महोत्सव हुन लागेको हो । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समिति र पाथीभरा क्षेत्र विकास समितिको आयोजनामा महोत्सव सञ्चालन हुनेछ । यसअघि पहिलो पाथीभरा महोत्सव २०६३ मा र पाथीभरा महोत्सव तथा पाथीभरा म्याराथन २०७४ मा भएको थियो ।

पाथीभरा मन्दिरमा १० वर्षअघि वार्षिक ५० हजारको हाराहारीमा धार्मिक पर्यटक आउने गरेकोमा अहिले वार्षिक ४ लाखभन्दा बढी पर्यटक आउने गरेको मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिले बताएको छ । यहाँ मुलुकका विभिन्न जिल्लाका साथै भारतका विभिन्न स्थानबाट समेत दर्शनार्थी आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्