झापामा डुबेर एक वृद्धको मृत्यु, पौडी खेल्दा एक युवक बेपत्ता

झापामा डुबेर एक वृद्धको मृत्यु, पौडी खेल्दा एक युवक बेपत्ता

भद्रपुर । झापामा पैनीमा डुबेर एक वृद्धको मृत्यु भएको छ भने पौडी खेल्दा एक युवक बेपत्ता भएका छन्।  प्रहरी कार्यालय झापाका अनुसार पैनीमा डुबेर बुद्धशान्ति गाउँपालिका २ हात्तीकिल्ला सिरान गाउँस्थित सोमनाथ लुँइटेलको घरमा काम गरी बस्ने ७१ वर्षीय वृद्ध भक्ति लोहारको मृत्यु भएको छ।

घर नजिकैको खेतमा सिँचाई गर्ने क्रममा पैनीमा डुबेर वृद्ध लुइँटेलको मृत्यु भएको भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। त्यसै गरी कचनकवल गाउँपालिका २ स्थित मेची खोलामा पौडी खेल्न क्रममा एक युवक बेपत्ता भएका छन्।  सोही गाउँपालिका २ बस्ने शंकर ढुंगानाको १८ वर्षीय छोरा शौरव ढुंगाना बेपत्ता भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए। प्रहरीका अनुसार साथीहरूसँग आइतबार दिउँसो मेची नदीमा पौडी खेल्ने क्रममा उनलाई नदीले बगाएको हो। बगाएर बेपत्ता भएका ढुंगानाको सीमा प्रहरीचौकी केचना र स्थानीयले खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्