रौतहटमा नाटकीय ढंगले गोली हानेर युवकको हत्या

रौतहटमा नाटकीय ढंगले गोली हानेर युवकको हत्या

रौतहट : रौतहटको इशनाथ नगरपालिकामा आइतबार एक युवकको नाटकीय ढंगले गोली हानी हत्या भएको छ।

भारतीय नम्बरको मोटरसाइकलको बीचमा राखेर ल्याइएका युवकको त्यही मोटरसाइकलमा सवार व्यक्तिले गोली हानेर हत्या गरेका हुन् । गोली प्रहार गर्ने युवा सवार नम्बर नखुलेको मोटरसाइकल पुन भारततर्फ भागेको  प्रत्यक्षदर्शीले बताएका छन्।

इशनाथ नगरपालिका-६ घिउराबाट जयनगरतर्फ जाने बाटोमा गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नविन कार्कीले जानकारी दिए। युवकको परिचय खुलेको छैन।

मृत्यु भएका युवकको पहिचान खुल्न सकेको छैन। मृतक युवक अन्दाजी २५ वर्षको रहेको र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्