सगरमाथाको उचाइ नेपाल र चीनले संयुक्त रूपमा घोषणा गर्ने

सगरमाथाको उचाइ नेपाल र चीनले संयुक्त रूपमा घोषणा गर्ने

काठमाडौं।  नेपाल र चीनबीचमा भएको १४ बँुदे संयुक्त वक्तव्यमा सगरमाथाको उचाइको विषयसमेत समेटिएको छ । दुवै देशको सीमा छुट्याउने विश्वकै अग्लो सगरमाथा हिमालका विषयमा दुई देशको संयुक्त वक्तव्यको बँुदा नम्बर ८ मा यस्तो विषय समेटिएको हो । सो बुदाँमा नेपाल र चीनबीच सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति उल्लेख छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको अन्तिममा जारी १४ बुँदे संयुक्त वक्तव्यमा सगरमाथालाई नेपाल र चीनको मित्रताको प्रतीक भएको स्वीकार गरिएको छ । जलवायु परिर्वतन र पर्यावरणको रक्षाका लागि दुई देशले सहकार्य गर्ने पनि संयुक्त वक्तव्यमा उल्लेख छ । संयुक्त वक्तव्यमा नेपालजस्तो अति कमविकसित मुलुकको विकासका लागि चीनले सहयोग गर्ने बताइएको छ । जलवायु परिवर्तनको जोखिमको हिसाबले चौथो स्थानमा रहेको नेपालमा आइपर्ने समस्याका विषयमा अन्तराष्ट्रिय फोरममा चीनले नेपालको साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रिसंघीय सम्मेलन आगामी डिसेम्बरमा चिलीमा हुन लागेको छ । सो सम्मेलनमा चीनले नेपालले उठाउँदै आएको हिमाल पग्लिएको विषयलाई जोडदार रूपमा उठाउन चीन तयार रहेको देखिएको छ । सीले रात्रीभोजमा गरेको सम्बोधनमा पनि जलवायु परिर्वतनको मुद्दामा चीन नेपालसँगै रहेको बताएका थिए ।

चिनियाँ राष्ट्रपति सीले जलवायु परिवर्तनका मुद्दामा नेपाली चासो र चिन्तालाई जायज भएको भन्दै ढाडस दिएका थिए । केही दिन पहिले नेपालले सरकारी टोली खटाएर सगरमाथाको उचाइ नाप्ने कार्य गरेको थियो । उक्त समितिले प्रतिवेदन तयार गरिरहेको छ । यही अवस्थामा भएको चिनियाँ उच्च तहको भ्रमणमा दुवै देशले संयुक्त रूपमा घोषणा गर्ने समहति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्