विराटनगरका फार्मेसीको कालो धन्दा रोकिएन , औषधीको परिणाम बढाएर बेच्ने संचालक फरार

विराटनगरका फार्मेसीको कालो धन्दा रोकिएन , औषधीको परिणाम बढाएर बेच्ने संचालक फरार

विराटनगर , २७ असोज । विराटनगरमा रहेका औषधी फार्मेसीहरुले औषधीको परिणाम बढाएर बेच्ने गरेको खुलेको छ ।
यस अघि पनि पटक पटक सरोकारवालाले अनुगमनको क्रममा धेरै औषधी पशलहरु कारबाहीमा पर्दै आएका थिए । तर पनि अहिले त्यो क्रम भने जारी नै रहेको छ ।
विराटनगर महानगरपालिका भित्रका ठूला अस्पताल वरिपरिका फार्मेशीका संचालकको निर्देशनमा विरामीले खरिद गरेको औषधीमा ठगी भएको कर्तुत बाहिर आउन थालेको छ ।


विराटनगर – ९ जहदा रोडस्थित न्यूरो हस्पिटल अगाडीको ‘साक्षी मेडिकल हल’ का संचालकहरूको निर्देशनमा काम गर्ने श्रमिकले औषधीको परिणाम बढाएर विरामी ठगी गर्ने गरेको पाइएको छ ।
वडा प्रहरी कार्यालय विराटनगर ‘क’ ले साक्षी मेडिकल हलमा काम गर्ने सुनसरीको इनरुवा नगरपालिका १९ वर्षीय सन्तोष मेहतालाई विरामीलाई दिएको औषधीको परिणाम बढाएर ठगी गरेको आरोपमा आइतबार पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो ।
साक्षी मेडिकल हलका संचालकद्धय सप्तरी घर भइ विराटनर बस्दै आएका चन्द्र शेखर यादव र निरन्जन शाक्यको निर्देशनमा उक्त पसलमा काम गर्नेहरूले विरामीलाई दिएको औषधीको परिणाम बढाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
ठगी आरोपमा कामदार यादव पक्राउ परेपछि संचालकहरू अहिले फरार छन् । उनीहरूको खोजी कार्य भइरहेको मोरङ प्रहरीले जनाएको छ । ‘उदारोमा विरामीलाई दिएको औषधीको परिणाम बढाएर साक्षी मेडिकल हलले ठगी गरेको प्राराम्भिक चरणको अनुसन्धानबाट देखिएको छ,’ वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी वेदप्रसाद गौतमले भने, ‘आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा पठाएका छौं ।’ थप अनुसन्धानपछि कति परिणाममा उक्त औषधी पसलले विरामीले खरिद गरेको औषधी ठगि गरे त्यो पछि खुल्ने बताइएको छ ।
सवारी दुर्घटनमा परि न्यूरो हस्पिटलमा भर्ना भएका उदयपुरको त्रियुगा नगरपालिका नवराज राईका आफन्तले गत भदौ २३ गतेदेखि साक्षी मेडिकल हलबाट उदारोमा औषधी खरिद गर्दै लगेका थिए । ‘एक महिना भन्दा बढीदेखि ४५ हजार रुपैयाँ जम्मा गरि उदारोमा औषधी खरिद गरेका थियौं,’ विरामीको उपचार गर्दै आएका सवारी धनी काभ्रे पाचखालका रामगोपाल श्रेष्ठले भने, ‘थप उपचारको लागि काठमाण्डौं लानुपर्ने भयो । आइतबार हिसाव गर्दा हामीलाई दिएको बिलमा भन्दा पसलमा रहेको रेकडमा औषधीको परिणामा अस्वाभिक रूपमा बढी भयो ।’ क्रस चेक गर्दै हिसाब गर्दा साक्षी मेडिकल हलले औषधीको परिणाम बढी देखाएर ठगी गरेको चाल पाएपछि प्रहरीलाई खबर गरेको उनले बताए । सो मेडिकल हलले परिणाम बढाएको औषधी महङगो मुल्यको रहेको बताइएको छ । विरामीका आफन्तले ३ वटा औषधी खरिद गरेर लैजादा साक्षी मेडिकल हलले राख्ने हिसाबमा ८ वटासम्म राखेको रेकर्ड फेला परेको छ । यस अघि पनि उक्त फार्मेशीले ९ हजारको औषधीमा विरामीलाई १५ हजार रुपैयाँ तिराएका थिए । पछि हिसाब गर्दै जादा बढी मुल्य लिएको थाहा पाएपछि भुक्किएको भन्दै ६ हजार रुपैयाँ विरामीलाई फिर्ता गरिदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्