लागुऔषध ईटहरीका मेडिकल पसलमा खुलेआम बेचिन्छ, ल्याउने र बेच्ने दुवै प्रहरीको नियन्त्रणमा(भिडियो सहित)

लागुऔषध ईटहरीका मेडिकल पसलमा खुलेआम बेचिन्छ, ल्याउने र बेच्ने दुवै प्रहरीको नियन्त्रणमा(भिडियो सहित)

प्रेम देवान
विराटनगर, २७ असोज । नेपालमा प्रतिबन्धित लागुऔषध ईटहरीका मेडिकल पसलमा बेच्ने गरेको पाईएको छ । सुनसरी जिल्लाको ईटहरी २ पशुपती चोक स्थित तिरुपती मेडिकल पशलमा लागुऔषध बेच्ने गरेको पाईएको छ । मोरङको सुन्दर हरैचा ४ बस्ने २६ बर्षिय नरेस यादवले संचालन गर्दै आएको मेडिकल पसलमा लागुऔषध बेच्ने गरेको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिनुभयो ।


प्रहरीको विशेष सुचनाको आधारमा गत असोज २३ गते पूर्वपस्चिम राजमार्ग स्थित सुन्दर हरेैचा नगरपालीका १० र १२ को सिमानामा मोटर साईकल चालकलाई चेक गर्दा प्रहरीले ठूलो परिणाममा लागुऔषध बरामद गरेपछि उत्त कुरा बाहिरीएको हो । प्रहरीले ईटहरी २ बस्ने असिम श्रेष्ठले चलाएको मोटर साईकल चेकजाँच गर्दा झोला भित्र ठूलो परिणाममा लागु औषध बरामद गरेको थियो ।


लागु औषध भारतबाट लुकाईछिपाई ल्याउने असिम श्रेष्ठ र मेडिकल पसलमा लागु औषध बेच्ने नरेश यादवलाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार पत्रकार सम्मेलन गरी नियन्त्रण लिएका दुवैलाई सार्वजनिक गरेको हो । प्रहरीले असिम श्रेष्ठको साथबाट Spaspain १६७० पिस (ट्याव्लेट) , Cetadol-50   १६२० पिस (ट्याव्लेट) , Rimodol-50 ६ पिस ( ट्याव्लेट) ,  Huawi कम्पनीको मोवाइल १ थान र को १३ प १२७६ नं. को आपाची मोटर साईकल थान १ बरामद गरिएको प्रहरीले जनाएको छ ।


त्यसैगरी तिरूपती मेडिकलबाट DIALEX-DC  लेखिएको खाली बोतल २ थान , Spaspain   लेखिएको २१९ पिस( ट्यावलेट) को खोल र Spasmo लेखिएको १९ पिस ट्याबलेट खाली पत्ता फेला पारेको थियो । लागुऔषध नेपाल–भारत पुर्वी नाकाबाट ल्याउने गरेको अनुसन्धानका क्रममा खुलेको छ । पक्राउ परेका दुवैलाई अनुसन्धान गरी लागु औषध ओसार पसार एैन अन्र्तगत मुद्धा दर्ता गराई कारबाही अगाडी बढाईने मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्