जोगवनीबाट तिघ्रामा टेपले बाँधेर लागु औषध ल्याउने धराने युवा प्रहरीको फन्दामा परेपछि

<span class='c1'>जोगवनीबाट तिघ्रामा टेपले बाँधेर लागु औषध ल्याउने</span> <span class='c2'>धराने युवा प्रहरीको फन्दामा  परेपछि</span>

विराटनगर, २८ असोज । लागुऔषध नियन्त्रण व्यूरो विराटनगर शाखाले लागुऔषध ओसार पसारमा संगलग्न एक युवालाई पक्राउ गरेको छ ।
विराटनगर –१५ स्थित रानी भन्सार कार्यालयको १ नम्बर ढाटबाट लागुऔषधसहित धरानका एक युवालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धरान–५ का २९ वर्षीय गणेशबहादुर तामाङ रहेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुका अनुसार भारतको जोगवनीबाट तिघ्रामा टेपले बाँधेर लागुऔषध ल्याउँदै गर्दा तामाङलाई सोमबार साँझ पक्राउ गरिएको हो । उनको साथबाट एभिल ४३, डाइजेल्याब ४३, लुपिजेसिक ४३ र फेनारगन ३ गरेर एक सय ३२ एम्पुल लागुऔषध बरामद भएको छ ।
तामाङ विरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन मंगलबार अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्