विराटनगरमा हुण्डीको कारबार गर्ने उमाकान्तलाई १० लाख सहित मोरङ प्रहरीले पक्राउ गर्यो

विराटनगरमा हुण्डीको कारबार गर्ने उमाकान्तलाई १० लाख सहित मोरङ प्रहरीले पक्राउ गर्यो

विराटनगर,२८ असोज । हुण्डी कारोवारमा संलग्न भएको आरोपमा १० लाख रुपैयाँसहित मोरङ प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सोमबार विराटनगर महानगरपालिका – ४ कञ्चनबारी चोकबाट २४ वर्षिय उमाकान्त रायलाई पक्राउ गरेको हो । सुनसरी बर्जु गाउँपालिका वडा– ३ बस्दै आएका रायले बोकेको झोला चेकजाँच गर्दा झोलाभित्र विभिन्न दरका नेपाली १० लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
अवैध हुण्डी कारोवार गर्ने मानिस हिडडुल गरिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले रायलाई पक्राउ गरेको मोरङ प्रहरी प्रवक्ता राजकुमार खिइजूले बताए ।
हुण्डीको रकम सहित पक्राउ परेका रायलाई आवश्यक कारवाहीकालागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी बुझाईएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्