दुई लाख भारुसहित विराटनगरबाट भारतिय नागरिक पक्राउ

दुई लाख भारुसहित विराटनगरबाट भारतिय नागरिक पक्राउ

विराटनगर,२८ असोज । दुई लाख रुपैयाँ भारतीय नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । भारत बनारस बस्ने २५ वर्षीय आसुतोष सोनीलाई मंगलबार विराटनगरबाट प्रहरीले पक्राउ गरेको हो ।


मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुकाअनुसार भारतबाट प्रतिबन्धित भारतीय नोट बोकेर नेपाल छिरेका सोनीलाई विराटनगर महानगरपालिका–१५ स्थित रानी बसपार्कबाट पक्राउ गरिएको हो । प्रहरीकाअनुसार पक्राउ परेका सोनी प्रतिबन्धित भारतीय नोट लिएर विराटनगरबाट काठमाडौं जाँदै थिए । उनी एक साताका लागि नेपाल आएको खुलेको छ ।
उनी भारतको बनारसमा रहेको जेजे प्लाष्टिक उद्योगको सेल्स मेनेजर हुन् । शंका लागेर चेकजाँच गर्ने क्रममा सोनीले बोकेको झोलामा दुई लाख रुपैयाँ भारतीय रकम बरामद भएको प्रहरीले जनाएको छ । उनले बाटो खर्च वापत रकम बोकेको र भारतीय नोट नेपालमा प्रतिबन्धित हो भन्ने कुरा आफूलाई थाहा नभएको प्रहरीलाई बताएका छन् ।
बरामद भएको रकमसहित पक्राउ परेका सोनीलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्