दिदीलाई भाईले खुकुरीले प्रहार गरे अनि भाईले रेटे आफ्नै घाँटी

दिदीलाई भाईले खुकुरीले प्रहार गरे अनि भाईले रेटे आफ्नै घाँटी

विराटनगर, २८ असोज । सुनसरीको इटहरीमा आफ्नै दिदीमाथि भाइले खुकुरी प्रहार गरी गम्भिर घाइते बनाएका छन् ।सुनसरीको इटहरी– १९ का २६ वर्षीय उदिप राईले ३१ वर्षीया दिदी मिनु राईमाथि मंगलबार दिउँसो २ बजेतिर खुकुरी प्रहार गरेका हुन् । दिदीमाथि खुकुरी प्रहार गरेपछि उनले आफ्नै घाँटी समेत रेटेका छन् । घाइते दुबैलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको इटहरी इलाका प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीले जानकारी दिएका छन् । खुकुरी प्रहार गरिएकी दिदी र आफ्नो समेत घाँटी रेट्ने उदिप दुबैको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । उदिप मानसिक रोगी रहेको स्थानीयले जानकारी दिएका छन् । घर आँगनमा हाँस्दै बसिरहेका उदिपले एक्कासी दिदीमाथि खुकुरी हानेका थिए । दिदीलाई खुकुरी हानेपछि घरको बरण्डामा चढेका उनले त्यसपछि आफ्नो समेत घाँटी रेटेको परिवारजनले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्