महराको हिरासत बसाई लम्बियो, अझै ३ दिन थुनामा राख्न अदालतको अनुमति

महराको हिरासत बसाई लम्बियो, अझै ३ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं, २८ असोज । बलात्कार आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको हिरासत बसाई थप लम्बिएको छ ।
संसदकी महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका महरालाई काठमाडौं जिल्ला अदालतले १३ दिन थुनामा राखेर अनुसन्धान गर्न आज (मंगलबार) प्रहरीलाई अनुमति दिएको छ । यसमा महरा पक्राउ परेको दिनदेखिकै गणना हुन्छ ।

पक्राउ परेयता महरा १० दिन थुनामा बसिसकेकाले अब तीन दिन थुनामा राखेर अनुसन्धान गरिने भएको छ । महरा असोज १८ गते बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ परेका थिए ।
बीचमा दशैं बिदा परेकाले म्याद थपका लागि आज मात्र प्रहरीले महरालाई अदालतमा पेश गरेको थियो । महराको स्वास्थ्यमा समस्या देखिएपछि उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले डिस्चार्ज नगरेकाले फेरि अस्पतालमै भर्ना गरिने जनाइएको छ । उनमा उच्च रक्तचापको समस्या देखिएको छ । महरामाथि असोज १२ गते आइतबार संसद सचिवालयमै कार्यरत महिला कर्मचारी रोशनी शाहीकै कोठामा गएर बलात्कार गरेको आरोप लागेको छ । महराले सोही प्रकरणमा सभामुखको पदबाट समेत राजीनामा दिएका थिए । यसैबीच प्रहरीले महराको डीएनए समेत परीक्षण गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्