आठ बर्ष अघि जवरजस्ती करणी मुद्धामा ठहर भई फरार भएका व्यक्ति विराटनगरबाट पक्राउ

आठ बर्ष अघि जवरजस्ती करणी मुद्धामा ठहर भई फरार भएका  व्यक्ति विराटनगरबाट पक्राउ

विराटनगर, २८ असोज । आठ वर्षअघि जवरजस्ती करणी मुद्दामा दोषी ठहर भएका व्यक्ति पक्राउ परेका छन् । जवरजस्ती करणी मुद्दामा तीन वर्ष कैद सजाय भएपछि फरार रहेका विराटगर  १५ का राजा साह पक्राउ परेका हन् ।


२०६८ मंसिर ७ जिल्ला अदालत मोरङले जवरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै ३ वर्ष कैद सजाय सुनाएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका आलतबाट दोषी ठहर भएपनि फरार रहेका विराटनगर  १५ का ४६ वर्षिय साहलाई उनकै घरबाट पक्राउ गरी अदालत उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्