संखुवासभाको भोटखोलामा ५ किलोग्राम सुनसहित एकजना पक्राउ

<span class='c1'>संखुवासभाको भोटखोलामा  ५</span> <span class='c2'>किलोग्राम सुनसहित एकजना पक्राउ</span>

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकाबाट ५ किलोग्राम सुनसहित एकजना पक्राउ परेका छन्। भोटखोला गाउँपालिका–२ लिङगमबाट खाँदबारी नगरपालिका–१ बस्ने २६ वर्षीय तोप्चेन भोटेलाई पक्राउ गरेको स्रोतको भनाइ छ। भोटेको साथबाट सुनसहित नगद ३८ हजार ८० रुपैयाँ र केही चिनियाँ मुद्रासमेत बरामद भएको बताइएको छ। तर, पक्राउ परेका भोटे र सुनको बारेमा संखुवासभा प्रहरी केही बोल्न चाहेको छैन।

भोटेलाई चेपुवा प्रहरी चौकीबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा तोप्चेनले बोकेको झोलामा सो सुन र नगद  फेला पारेको स्रोतको भनाइ छ। पक्राउ परेका भोटेलाई सदरमुकाम खाँदबारी ल्याउदै गरेको बुझिएको छ। बरामद भएको सुन चीन, भारत वा नेपाली बजार कता लैजान लागिएको हो भन्ने खुलेको छैन।

यातायातको असुविधाका कारण झोला वा डोकोमा सामग्री ओसार पसार गर्नुपर्ने संखुवासभामा यति ठूलो परिमाणको सुन पक्राउ परेको पहिलो घटना हो। भोटे सोमबार पक्राउ परेको स्रोतले बताएको छ। भोटेखोला-२ लिङगमबाट तीन दिनको पैदल दूरीमा पर्छ। सुनसहित पक्राउ परेका भोटेलाई लिन जिल्ला प्रहरी कार्यालयबाट एक टोली त्यसतर्फ गएको बुझिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्