मोरङको रंगेली र धनपालथानमा आगलगी, करिब ८ लाखको क्षती

मोरङको रंगेली र धनपालथानमा आगलगी, करिब ८ लाखको क्षती

रबिन्द्र बराल
रंगेली । मोरङको रंगेली र धनपालथानमा आगलगी भएको छ । रंगेली नगरपालिका १ स्थित गोहिगाडामा मंगलबार आगलागी हुदा ७ लाख बराबरको क्षती भएको छ ।  स्थानीय दिसाँद चौधरीको गाई गोठ र घरमा आगलागी भएको हो । घरमा गाईको लागि खोले पकाउने क्रममा अचानक आगलागी हुदा नगद २१ हजार , ५ तोला सुन,२५ तोला चाँदी, खाद्यान्न, लत्ताकपडा गरि ७ लाख रुपैयाँ बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी धनपालथान गाउँपालिका २ स्थित पैठामा मंगलबार साँझमा आगलागी हुदा मोहन मण्डलको फुसको छानो भएको घरमा जलेको छ । खाना पकाउने क्रममा आगलागी हुदा लत्ताकपडा खाद्यान्न लगायत ६० हजार रुपैयाँ बराबरको क्षती भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।आगो स्थानीय , प्रहरी, दमकलको सहयोगमा नियन्त्रणमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्