पशुपतिमा फेला पर्‍याे ४५ किलो सुन

पशुपतिमा फेला पर्‍याे ४५ किलो सुन

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ। यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको थियो। हालसम्म चढाइएको  ९ किलो मात्र भनेर समाचार प्रकाशन भएपछि सर्वत्र विरोध भएको थियो।

त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत गठित श्रीपशुपतिनाथ सम्पत्ति संरक्षण तथा गुठीजग्गा अध्ययन एवं छानबिन समितिले पुनः खोजी गर्दा सुनको यो तथ्य फेला परेको हो भनेर आजको अन्नपूर्ण पोस्टमा गोपीकृष्ण ढुंगानाले खबर लेखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्