९ लाखको खर्चमा विराटनगरमा ‘ विराटनगर म्युजिक फेष्टिभल २०७६ ’ हुदै ४ हजार दर्शक आउने अपेक्षा

<span class='c1'>९ लाखको खर्चमा विराटनगरमा ‘ विराटनगर म्युजिक फेष्टिभल</span> <span class='c2'>२०७६ ’ हुदै ४ हजार दर्शक आउने अपेक्षा</span>

विराटनगर, २९ असोज । विराटनगरमा ९ लाख बराबरको खर्चमा पाँचौ संस्करणको विराटनगर म्युजिक फेष्टिभल २०७६ हुने भएको छ । लाईभ ईन्टरटेडमेन्ट विराटनगरको आयोजना तथा विराटनगर महानगरपालीकाको मुख्य प्रर्वद्धकको रुपमा आयोजना गर्न लागिएको म्युजिक फेष्टिभल आगामी कातिक ८ गते हुदैछ ।

लाईभ ईन्टरटेडमेन्ट विराटनगरले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी पाँचौ संस्करणको म्युजिक फेष्टिभल २०७६ हुने कार्यक्रम संंयोजक सन्तोष महत ( स्यान्ट्रो ) ले पत्रकार सम्मेलनमा जानकारी गराए । यान्ट्रोका अनुसार विराटनगरको जैनभवनमा कात्तिक ८ गते शुक्रबार बेलुकी ४ बजेदेखि गरिनेछ ।
कार्यक्रममा नेपालका चर्चित गायक सविन राई एण्ड फारोह व्याण्ड मुख्य कलाकार रहने जनाईएको छ । त्यसैगरी भ्वाईस अफ नेपालका विराटनगरका श्रीजे एण्ड द प्ले व्याड, हिना एण्ड वदमास, द ग्रिन लिफ व्याण्ड, साथै विराटनगरका ख्याति प्राप्त संगितकर्मीहरुको समुह रहने आयोजकले जनाएको छ ।

[caption id="attachment_97708" align="alignnone" width="1280"] आयोजक समितिले विराटनगरमा पत्रकार सम्मेलन गरी ‘म्युजिक फेष्टिभल २०७६’ हुने बारे जानकारी गराउदै ।
तस्वीर ः प्रेम देवान ÷आवर विराटनगर[/caption]

विराटनगरमा विगत ४ बर्षदेखि निरन्तर गर्दै आएको लाईभ ईन्टरटेडमेन्टले सुगम पोखरेल, आशिष राना (लाउरे) द स्मृती, उर्जा लगायत राष्ट्रिय कलाकारहरु ल्याईसकेको छ । नेपालीहरुको महान पर्व दशै तिहार र छठ पर्व साथै नेपाल भ्रमण २०२० लाई समेत यसले टेवा पुग्ने आयोजकले दावी गरेको छ । कार्यक्रमको तयारी लगभग अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक सेन्ट्रोले जानकारी दिए । कार्यक्रम सम्पन्न गर्नको लागी करिब ९ लाख खर्च लाग्ने र करिब ४ हजार दर्शक आउने आयोजकले दावी गरेको छ । कार्यक्रम हेर्नको लागी विराटनगर बाहेक ईटहरी , धरान र पूर्वका शहरबाट पनि दर्शक आउने आयोजकले जनाएको छ । साथै कार्यक्रमलाई आकर्षक पुर्याउन दुई वटा फुड ट्रकको व्यावस्था पनि गरिएको छ । अनलाईन मिडिया पार्टनरको रुपम आवर विराटनगर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्