जुवा तास खेलिरहेको ठाँउबाट ९७ हजार रुपैँया सहित १५ जना जुवाडे प्रहरीको खोरमा

<span class='c1'>जुवा तास खेलिरहेको ठाँउबाट ९७ हजार रुपैँया</span> <span class='c2'>सहित १५ जना जुवाडे प्रहरीको खोरमा</span>

विराटनगर, २९ असोज । मोरङको सुन्दरहरैचा नगरपालिका ७ गोठगाउँबाट तास खेलिरहेका १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलवार साँझ ६ बजे स्थानीय गौतमराज पोखरेलको घरमा तास खेलिरहेको भन्ने सूचना पाएसंगै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा घर धनी सहित सुन्दरहरैचा– ७ बस्ने टेक बहादुर बि.क., भुपाल पौडेल, रेवत रायमाझी, कुल प्रसाद लुईटेल, हिरण्य प्रसाद कोईराला, हिरा भट्टराई, प्रदिप कुमार शाह, बिनोद चौधरी, उमेश बहादुर थापामगर, रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता राजकुमार खिउजुले जानकारी दिनुभयो ।
त्यसैगरी सुन्दरहरैचा– ९ का सजाद मिया, सुन्दरहरैचा(११ का जय प्रसाद घिमिरे, गोपाल पौडेल, काजीराम बस्नेत र मधु कुमार घिमिरेलाई पक्राउ गरेको हो । तासको खालबाट प्रहरीले ९७ हजार ९ सय नगद समेत बरामद गरेको छ भने निजहरुलाई जुवा ऐन अन्तरगत कानूनी कारवाही प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्