मिर्गाैला तस्करीकाे आरोपमा निदान अस्पतालका प्रमुखसहित ५ जना पक्राउ

मिर्गाैला तस्करीकाे आरोपमा निदान अस्पतालका प्रमुखसहित ५ जना पक्राउ

ललितपुर । ललितपुरको पुल्चोकमा रहेको निदान अस्पतालले मानव अङ्ग बेचबिखन गरिरहेको पाइएको छ । मानव अङ्ग बेचबिखन गरेको आरोपमा प्रहरीले निदान अस्पताल ललितपुरका प्रमुख विपेन्द्र प्रधान र जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत रामचन्द्र आलेसहित पाँच जनालाई पक्राउ गरेको हो ।

प्रहरीले निदान अस्पतालका सीईओ विपेन्द्र प्रधान, अस्पतालका कानूनी सल्लाहकार कुमार भट्टराई, डाक्टर राजेश पन्त, र मिर्गौला लिने रामेछाप दोरम्बाका शंकरलाल लामालाई पक्राउ गरिएको जानकारी दिएको छ ।

नक्कली व्यक्ति खडा गरी मिर्गौला प्रत्यारोपण गर्ने कार्यमा संलग्न रहेको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट ३ लाख रुपैयाँ लिएर मिर्गौला बेचेको खुलेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्