कविर सिंह’को व्यापारलाई ‘वार’ले उछिन्यो

कविर सिंह’को व्यापारलाई ‘वार’ले उछिन्यो

‘हाउसफूल ४, दबंग ३’को व्यापारलाई प्रतिक्षा गर्दै गर्दा अक्टुबर २ बाट रिलिजमा आएको चलचित्र ‘वार’ले यो बर्षकै सवार्धिक कमाई गर्ने चलचित्रको रेकर्ड बनाएको छ । अब, यो रेकर्डलाई ‘हाउसफूल ४, दबंग ३’ले उछिन्न सक्छन् । तर, सन् २०१९ को हालसम्म रिलिज भएका चलचित्रमा ‘वार’ पहिलो स्थानमा उक्लिएको हो ।
नायक साहिद कपुरको मुख्य भूमिका रहेको चलचित्र ‘कविर सिंह’को २७८ करोडको लाइफ टाइम कलेक्शनलाई यो चलचित्रले उछिनेको हो । रिलिजको १४ औं दिनमा चलचित्रले २८० करोडको आँकडालाई छोएको छ । अझै एक साता बलिउडमा ठूलो चलचित्र नभएका कारण पनि ‘वार’ले ३ सय करोडको आँकडा छुने पक्का छ ।
नायक ऋतिक रोशन, टाइगर श्राफ र नायिका वाणी कपुरको मुख्य भूमिका रहेको चलचित्रले पहिलो दिनमा नै ५३ करोडको कमाई गर्दै सर्वा्धिक ओपनिङ गर्ने बलिउड चलचित्रमा आफ्नो नाम लेखाएको छ । दर्शकले चलचित्रको एक्सनलाई रुचाएका छन् । यशराज ब्यानरको निर्माण बनेको यो चलचित्र बलिउडमा सवार्धिक कमाई गर्ने चलचित्रको सूचीमा समेत परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्