पाँच किलो सुनसहित पक्राउ परेका भोटेलाई खादबारी प्रहरीले सार्वजनिक गर्यो

<span class='c1'>पाँच किलो सुनसहित पक्राउ परेका</span> <span class='c2'>भोटेलाई खादबारी प्रहरीले सार्वजनिक गर्यो</span>

विराटनगर, ३० असोज । सङ्खुवासभाको भोटखोला गाउँपालिकाबाट पाँच किलोग्राम सुनसहित प क्राउ परेका २६ वर्षीय तोप्चेन भोटेलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।


चीनको तिब्बतबाट जिल्लाको किमाथाङ्का नाका हँुदै ठूलो परिणामको सुन ल्याइँदै गरेको विशेष सुराकीका आधारमा चेपुवा प्रहरीले तोप्चेनलाई भोटखोला–२ लिङ्गमको घट्टेखोलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख मिम लामाले जानकारी दिनुभयो ।
प्रहरीले सोमबार तोप्चेनको झोला खानतलासी गर्दा ज्याकेटको गोजीभित्र रातो टेपले बाँधेर राखेको अवस्थामा पाँच थान टिल सुन फेला पारेको थियो । सुनसहित पक्राउ परेका उनलाई राजश्व अनुसन्धान कार्यालय हरिहर भवन ललितपुर पठाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्