चोरी गर्ने छोरा र लुकाउन सघाउने आमा पक्राउ

<span class='c1'>चोरी गर्ने छोरा र</span> <span class='c2'>लुकाउन सघाउने आमा पक्राउ</span>

सप्तरी । सप्तरीको आधा दर्जन वढी स्थानमा चोरी गर्ने एक नाबालक तथा चोरीको सामान लुकाउन सघाउने उनको आमालाई पक्राउ गरी प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।

अघिल्लो दिन चोरीको सामानसहित पक्राउ परेका महदेवा गाउँपालिका १ घर भई हाल राजविराज नगरपालिका ८ मा भाडाको कोठा लिई बस्दै आएका १६ वर्षीय राजेन्द्र (नाम परिवर्तन) तथा उनकी ४० वर्षिया आमा सरिता देवी सरदारलाई प्रहरीले सार्वजनिक गरेको हो ।

बजार क्षेत्रमा चोरी गर्ने उद्देश्यले नै भाडाको कोठा लिई आमा छोरा बस्दै आएको तथा छोराले चोरी गरी ल्याएका सामानलाई आमाले लुकाएर सघाउने गरेको अनुसन्धानको क्रममा खुलेको छ ।

आमा छोरा बस्ने डेराबाटै प्रहरीले जिल्लाका विभिन्न आठ स्थानबाट चोरी गरि लुकाई राखिएको अवस्थामा मोबाइल दुई थान, मेमोरि दुई थान, हेडफोन दुई थान, चार्जर पाँच थान, ताला खोल्न प्रयोग गरिने चाबी (साँचो) को झुप्पा तथा फाईटर र टेस्टर लगायतका सामाग्रि बरामद गरेको छ । चोरी भएको एक घरमा सुरक्षाका लागि जडान गरिएको सिसि क्यामरामा चोरी गर्दै गरेको मानिसको फुटेज कैद भएपछि त्यसको सुक्ष्म अनुसन्धान गर्दै जाँदा चोरीका सामानसहित चोर पक्राउ गर्न सुफलता मिलेको डिएसपी तिलक भारतीले बताए ।

बुधाबार पक्राउ परेका आमा छोरा दुबैलाई जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थपी प्रहरी हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्