विराटनगरको दुई स्थानमा प्रहरीको छापा, १० जना जुवाडे सहित ८६ हजार नियन्त्रणमा

विराटनगरको दुई स्थानमा प्रहरीको छापा, १० जना जुवाडे सहित ८६ हजार नियन्त्रणमा

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङ्गले विराटनगरका दुई स्थानबाट १० जना जुवाडेलाई प्रहरी नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट ८६ हजार बढी नेपाली रुपैँया बरामद गरेको छ । जुवा तास खेलिरहेको गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर ११ बाट ४ जनालाई पक्राउ गरेको हो ।
जनपथ टोल बस्ने रत्न बहादुर तामाङको घरमा तास खेलिरहेका अवस्थामा ६६ हजार ४ सय ५ नेपाली रुपैया सहित भारु ८ सय र ३ बुङ तास बरामद गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी राजकुमार खिउजुले जानकारी दिनुभयो । त्यसैगरी बिराटनगर महानगरपालिका वडा नम्बर ६ बाट विकी केसरीको घरमा तास खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ । २० हजार २ सय २० र एक बुङ तास सहित ६ जनालाई नियन्त्रण लिई थप अनुसन्धान भईरहेका मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्