यसकारण दसैँमा कहिल्यै ससुराली जाँदैनन् राजेश हमाल

<span class='c1'>यसकारण  दसैँमा कहिल्यै</span> <span class='c2'>ससुराली जाँदैनन् राजेश हमाल</span>

काठमाडौँ । दसैँअघि काठमाडौँमा आयोजित एउटा कार्यक्रममा अभिनेता राजेश हमालले सञ्चारकर्मीसँग कुराकानी गर्ने मौका पाए।उनले यसपटको दसैँ धनकुटामा मनाउने तय भए पनि अन्तिम सयमा धनकुटाको कार्यक्रम स्थगित भएपछि काठमाडौँमै दसैँ मनाउने बताए।

आज प्रकाशित साप्ताहिकका अनुसार कुराकानीकै क्रममा दसैँमा ससुराली कहिले जाने भन्ने प्रसंग चल्यो।हमालको जबाफले सञ्चारकर्मी नै आश्चर्यमा परे। उनले विवाहपछि अहिलेसम्म दसैँकै लागि भनेर ससुराली नगएको बताए।

ठट्यौली पारामा हमालले भने, ‘ससुरालीको सदस्य नै मेरो घरमा आएको छ। त्यसैले अहिलेसम्म दसैँ तिहारमा ससुराली गएको छैन।’
यसपटक धनकुटातिर गएको भए यो पटक दसैँमा ससुराली जाने योजनता थियो, तर नमिलेको उनले बताए।

चाडपर्वमा नगए पनि अन्य समयमा भने ससुराली पुगेको हमाल बताउँछन्।ससुरालीमा हुने ज्वाइँको स्वागत सत्कार पनि आफूलाई रमाइलो लाग्ने उनी बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्