प्रेम सम्बन्धले निम्ताएको त्यो एउटा दुखत घटना : विहे गर्छु भन्दा नमानेपछि आमा छोरीको घाटी रेटेर हत्या

प्रेम सम्बन्धले निम्ताएको त्यो एउटा दुखत घटना : विहे गर्छु भन्दा नमानेपछि आमा छोरीको घाटी रेटेर हत्या

काठमान्डौ, १ कातिक । त्रियुगा नगरपालिका–९ चौकीबारीका आमाछोरी हत्या प्रकरणमा ‘प्रेमसम्बन्ध’ कारक भएको प्रहरीको प्रारम्भिक अनु सन्धानबाट खुलेको छ । विशेषज्ञ सहितको संघीय प्रहरी एकाई धरान, प्रदेश प्रहरी एकाई विराटनगर र जिल्ला प्रहरी कार्यालय उदयपुरको संयुक्त अनुसन्धान टोलीले असोज २४ गते साँझ २८ वर्षीया गोमा भनिने शारदा चौधरी र छोरी ६ वर्षीय रचना चौधरीको हत्यामा यस्तो निष्कर्ष निकालेको हो ।
अनु सन्धानका क्रममा घटनाको सूचना पाएको ६ घण्टामा पक्राउ परेका सिरहा लहान नगरपालिका–८ घर भइ हाल उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगाडामा भाडामा बस्दै आएका ४० वर्षीय रामहरी साहको बयानबाट प्रहरीले यो निष्कर्षमा पुगेको हो। प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले प्रेम सम्बन्धले वैद्यता नपाएपछि घटना भएको बताए ।
उनले भने, ‘मृतक र आरोपित बीच २०७३ सालबाट सम्बन्ध थियो, त्यो सम्बन्धलाई विवाहमा परिणत गर्न दबाव दिँदा मृतकले अस्वीकार गरेपछि हत्या भएको देखिन्छ ।’

अन्नपूर्ण पोस्ट् दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्