विराटनगर १२ निवासी नेपाली काग्रेसका पुर्व नगर कोषाध्यक्ष मेघनाथ पराजुलीले छाडे संसार

विराटनगर १२ निवासी नेपाली काग्रेसका पुर्व नगर कोषाध्यक्ष मेघनाथ पराजुलीले छाडे संसार

विराटनगर,१ कातिक । नेपाली काग्रेसका नगर कार्य समितिका पूर्व कोषाध्यक्ष मेघनाथ पराजुलीले सुसाईट गरेको खुलासा भएको छ ।
मोरङ क्षेत्र न ६ को विराटनगर महानगरपालिका वडा १२ निवासी नेपाली काग्रेस नगर कार्यसमितीको पुर्व कोषाध्यक्ष ४० बर्षिय मेघनाथ पराजुलीले आफ्नै घरको सिलिङमा झुन्डिएको अवस्थामा फेला परेकोे मोरङ प्रहरीले जनाएको छ । केहीदिन यता परिवारीक तनावका कारण डिप्रेशनमा पुगेर आफैले आत्माहत्या गरेको स्रोतले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता राजकुमार खिउजुका अनुसार विहीबार राती घटना भएको अनुमान गरिएको छ । प्रवक्ता खिउजुले घटना शुक्रबार विहान मात्र आफूहरुलाई थाहा भएको बताए ।
पराजुलीको शुक्रबार नै कोशी अञ्चल अस्पतालमा पोष्टमार्टपछि परिवारले दाहसंस्कार गरेका छन् । विराटनगरको हाटखोला स्थित परोपकार घाटमा नेपाली काग्रेसका केन्द्रीय नेता अमृत अर्याल, मेयर भीम पराजुली, हसन अन्सारी लगायत काग्रेसका जिल्ला नेताहरुले पराजुलीको पार्थिप शरिरमा नेपाली काग्रेसको झण्डा ओढाएका थिए ।


अविवाहित मेघनाथ विराटनगर १६ का वडा अध्यक्ष मनोज सुब्बाका नजिक र प्रिय सहयोगी थिए । मेघनाथ जुनसुकै कार्यक्रम होस टोलछिमेकमा हुने मरिमराउ र विहेवारी जस्ता कार्यहरुमा सक्रिय हुनेगर्दथे । पराजुलीको बुबा, आमा , भाई र दिदि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्