सार्क चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्रिजको बैठक श्रीलंकामा शुरु, विराटनगरका दुई ब्यापारी सहभागी

सार्क चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्रिजको बैठक श्रीलंकामा शुरु, विराटनगरका दुई ब्यापारी सहभागी

विराटनगर । सार्क चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्रिजको ७८ औ कार्य समितिको बैठक श्रीलंकाको कोलम्वोमा आज देखि शुरु भएको छ । कार्य समितिको बैठकका अलावा क्षेत्रीय व्यापार सम्मेलन, महिला सम्मेलनको समेत कार्यक्रम रहेको बैठक दुई दिनसम्म चल्नेछ ।
बैठकमा सार्क चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्रिजका उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष, एवं विशिष्ठ सदस्य चण्डीराज ढकालले नेपालको नीजि क्षेत्रको तर्फबाट मन्तव्य दिने कार्यक्रम छ । नेपालको तर्फबाट अर्थशास्त्री डा. विश्वम्भर प्याकुरेलले वक्ताको रुपमा कार्यपत्र प्रस्तुत गर्नेछन् । । सार्कलाई अझ बढी प्रभावकारी वनाउंदै यस क्षेत्रका सम्भावनाहरुलाई व्यापारिक हवका रुपमा कसरी अगाडी बढाउने र अन्र्तराष्ट्रिय जगतमा प्रतिस्पर्धी भई व्यवसायको प्रवद्र्धन गर्ने बारेमा छलफल हुनेछ । त्यस्तै छलफलका क्रममा विकासका लागि नेपालले चाल्नु पर्ने कदमका विषयमा नेपाली टोलीको ध्यान केन्द्रित रहनेछ । साथै सार्क राष्ट्रहरुबाट नेपालमा लगानी भित्र्याउने र नेपालबाट पनि सार्क राष्ट्रमा लगानी गर्ने विषयमा समेत छलफल गरिनेछ ।
सार्क चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्रिजका उपाध्यक्ष चण्डीराज ढकालको नेतृत्वमा श्रीलंकाको कोलम्बो गएको टोलिमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं सार्क उद्योग वाणिज्य.संघका सदस्य उमेशलाल श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का उपाध्यक्ष एवं सार्क चेम्वर अफ कमर्शका सदस्य राजेन्द्र राउत छन् । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य, प्रदेश नं. १ का सल्लाहकार एवं सार्क उद्योग वाणिज्य.संघका सदस्य अभिनाश बोहरा, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवं सार्क उ.वा.संघका सदस्य जय शिवाकोटी पनि श्रीलंका गएका छन् ।
उद्योग वाणिज्य संघका सदस्य राजेन्द्रमान शेरचन, देश बन्धु बस्नेत(अजित), विजय मल्ल, सार्क उ.वा.संघका महिला उद्यमी परिषदका उपाध्यक्ष सरोजनी शेरचन लगायतको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्