विराटनगरको सेन्ट्रल मलको दशै तिहार लक्षित उपहार योजनाले उपभोक्ता तान्दै

विराटनगरको सेन्ट्रल मलको दशै तिहार लक्षित उपहार योजनाले उपभोक्ता तान्दै

विराटनगर । विराटनगरमा रहेको सेन्ट्रल मलले नेपालीहरुको महान पर्वहरु दशै तिहार र छठ पर्वलाई लक्षित गरेर ल्याएको उपहार योजनासँगै उपभोक्ताहरुको भिड बढेको छ । स्वदेशी बजारप्रति उपभोक्तालाई आकर्षण बढाउने उद्देश्यका साथ सेन्ट्रल बजारले उपभोक्ता लक्षित उपहार योजनाहरु ल्याएको हो । जसका कारण सेन्ट्रल मलमा सामान खरिद गर्ने उपपभोक्ताको भीड लागेको छ ।
सेन्ट्रल मलले नेपालीहरूको महान् पर्व दसैं–तिहार र छड पर्वलाई लक्षित गरेर सामान खरिद गर्ने उभोक्तालाई घरायसी सामानदेखी मोटरसाइकल र विदेश भ्रमण सम्मका उपहारको योजना ल्याएका छ । सेन्ट्रल बजारमा हरेक वस्तुको खरिदमा उपहार कुपन उपलब्ध हुन्छ र त्यही कुपनको आधारमा उपभोत्ताले लक्की कुपन पाउनेछन् ।
सेन्ट्रल बजारमा एक हजार मूल्य बराबरको सामान खरिद गर्ने उपभोक्ताले हरेक दिन एउटा लक्की कुपनको साथमा उपहारका सामान पाउने छन् । जसअन्तर्गत प्रत्येक दिन सेन्ट्रल फिल्म हलको टिकटमा छुट र उपहार कार्डको ब्यवस्था गरेको जनाएको छ ।
हरेक हप्ता माइक्रो ओभन, राइस कुकर, वाटर फिल्टर, भ्याकुम क्लिनर्स लगायतका सामाग्री तीनजनालाई प्रदान गरिनेछ । महिनाको अन्तिम दिन बम्पर उपहारका रुपमा १ जनाले बैंकक भ्रमण ४ जनालाई यामाहा कम्पनीको मोटरसाइकल र स्कुटर उपहारमा पाउने सेन्ट्रल मलले जनाएको छ । मल बाहेक सेन्ट्रल बजारका विभिन्न पसलहरूले समेत ग्राहकहरूलाई विशेष छुटको व्यावस्था दिएको छ ।
साथै दशै तथा तिहारको उपलक्ष्यमा सेन्ट्रल मलले बेलाबेलामा सांगितक कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा राष्ट्रिय कलाकार तथा स्थानिय कलाकारहरुले प्रस्तुति दिदै आएका छन् । मलभित्र दुईवटा अत्याधुनिक प्रविधियुक्त मल्टिप्लेक्स (सिनेमा हल), सुपरमार्केट, राष्ट्रिय एवं अन्तराष्ट्रियस्तरमा चर्चित ब्रान्डहरूका १ सयभन्दा बढी शोरुम, २५० जना क्षमताको फुडकोर्ट, रेष्टुरेन्ट, गेमिङ जोन, व्यूटीपार्लर, शैलुन, एटीएमको पनि व्यावस्था रहेको मलका संचालक प्रकाश मुण्दडाले जानकारी दिए । विराटनगरको प्रतिष्ठित औद्योगिक घराना विशाल गु्रप, देवेनरा गु्रप र हाइलाइफ गु्रपको १ अर्ब रुपैयाँको संयुक्त लगानी रहेको मल पछिल्लो समय उपभोक्ताहरु रोजाई बन्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्