मजदुर बसले मोटरसाईकललाई ठक्कर दिदाँ प्रहरी जवानको ज्यान गयो, अर्का प्रहरी जवान घाईते नोवेलमा उपचार हुदै

मजदुर बसले मोटरसाईकललाई ठक्कर दिदाँ प्रहरी जवानको ज्यान गयो, अर्का प्रहरी जवान घाईते नोवेलमा उपचार हुदै

विराटनगर,२ कातिक । दुहबी नगरपालिका २ दंगान नियन्त्रण प्रहरी गण अगाडि दुर्घटना हुदा एक प्रहरी जवानको ज्यान गएको छ । को १ ख ५६७२ नं. को मजदुर बसले स ७ प ७२३८ नं. को मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार उदयपुर त्रियुगा नगरपालिका १३ घर भई हाल दुहबीमा कार्यरत प्रहरी जवान २८ बर्षीय सुरज रेम्मीको ज्यान गएको हो ।


उनको बिराटनगर स्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय दुहवीले जानकारी दिएको छ । मोटरसाइकलमा पछाडी सवार मोरङ गोबिन्दपुर घर भई हाल सोहि कार्यलयमा कार्यरत प्रहरी किरण कठेत गम्भिर घाइते भएका छन् उनको नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्