विराटनगरमा ’नासा स्पेस एप च्यालेन्ज’ शुरु

विराटनगरमा ’नासा स्पेस एप च्यालेन्ज’ शुरु

विराटनगर । अमेरिकाको नेसनल एरोनोटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) ले हरेक वर्ष विश्वभर ‘स्पेस एप च्यालेन्ज ह्याकाथन’ आयोजना गर्दै आएको छ । विश्वको ७७ वटा देशमा एकै चोटी गरिने नासा स्पेस एप च्यालेन्ज यता विराटनगरमा पनि आयोजना भईरहेको छ । विराटनगरमा एष्ट्रोनोमिकल सोसाईटी र इनोभेटिभ घर नेपालको संयुक्त पहलमा यो कार्यक्रम आयोजना गरिएको हो । शनिबारबाट सुरु भएको कार्यक्रम आईतबारसम्म जारी रहनेछ । विशेष गरी प्रविधिका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा विराटनगर र आसपासका ३५ जना विद्यार्थी सहभागी छन् ।
सहभागीहरुले फरक फरक समुह बनाएर नासाले दिएको अनेक मध्ये कुनै एक विषय र चूनौती र समस्या छनौट गरेर उक्त समस्याको समाधानको बारेमा अनलाइनको माध्यममाबाट लेख्नु पर्ने छ । यसका लागि ३५ जना विद्यार्थीको ८ वटा समुह बनाएर यो कार्यक्रम गरिएको ईनोभेटिभ घर नेपालका प्रदिप बरालले जानकारी दिए ।
समुहलाई विषय विज्ञहरुले परामर्श प्रदान गर्ने गर्दछन् । यस कार्यक्रममा सरोज कार्की लगायत परामर्शदाताका रुपमा रहेका छन । दुईदिन चल्ने कार्यक्रम मेरिल्याण्ड कलेज विराटनगरको प्रांगणमा भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्