प्रदेश सरकारको धनकुटामा अन्तरक्रिया, ‘सर्वोच्चको फैसलाले प्रदेश–१ बाहेकका प्रदेशहरु समस्यामा’

प्रदेश सरकारको धनकुटामा अन्तरक्रिया, ‘सर्वोच्चको फैसलाले प्रदेश–१ बाहेकका प्रदेशहरु समस्यामा’

धनकुटा । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले आफूहरुले संविधानलाई सूक्ष्मरुपले अध्ययन गरेर कानुन बनाएको दाबी गरेका छन् । शनिबार धनकुटामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले स्थानीय जनप्रतिनिधिले तलब लिन नपाउने सर्वोच्च अदालतको फैसलाले प्रदेश–१ बाहेकका प्रदेशहरु समस्यामा परेको बताए ।

धेरै कानुन बनाउनुपर्ने भएपनि हरेक मन्त्रालयमा दक्ष जनशक्तिको अभावले केही ढिलाइ भएको उनको भनाइ थियो ।मुख्यमन्त्री राईले संविधानको अधिनमा रही प्रदेश–१ ले हालसम्म ४३ ओटा कानुन बनाएको जानकारी दिए ।
कार्यक्रममा धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, सुनसरी र मोरङका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुखको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्