धनकुटाको नाम्जे–थुम्की सामुदायिक होमस्टेलाई उत्कृष्ट घोषणा

<span class='c1'>धनकुटाको नाम्जे–थुम्की सामुदायिक</span> <span class='c2'>होमस्टेलाई उत्कृष्ट घोषणा</span>

धनकुटा । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धनकुटाको नाम्जे–थुम्की सामुदायिक होमस्टेलाई उत्कृष्ट घोषणा गरेको छ।

धनकुटाको साँगुरिगढी गाँउपालिकास्थित उक्त होमस्टेलाई भ्रमण वर्ष २०२० को पूर्वसन्धामा उत्कृष्ट ठहर्‍याउँदै मन्त्रालयले प्रमाणपत्र प्रदान गरेको छ।

करिब आठ वर्षअघिबाट होमस्टे घरवास कार्यक्रम सुरु गरेका स्थानीयले नाम्जे गाउँमा पुग्ने आन्तरिक र बाह्य पर्यटकलाई स्थानीय उत्पादनका परिकार, खानपान र मगरहरुको मौलिक हुर्रा नाचको प्रस्तुतिले स्वागत गर्छन्।

अर्गानिक उत्पादन र मगरहरुको मौलिक संस्कृति प्रवर्द्धनका लागि चिनिएको यस स्थानलाई आठ वर्षअघि सेन्ट्रल न्यूज नेटवर्क सिएनएनले नाम्जेलाई विश्वका १२ वटा रमणीय गन्तव्यको सूचिमा सूचिकृत गरेको थियो। मगर समुदायको बाहुल्यता रहेको नाम्जे र थुम्कीमा २२ घरमा होमस्टे कार्यक्रम सञ्चालनमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्