महरा सरकारी वकिल कार्यालयमा, वकिल कार्यालयमा बयान सुरु

महरा सरकारी वकिल कार्यालयमा,  वकिल कार्यालयमा बयान सुरु

काठमाडौं । बलात्कारको प्रयास आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयानका लागि लगिएको छ।बयानका लागि यसअघि अस्वीकार गर्दै आएका महराको बयान वकिल कार्यालयमा सुरु भएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धानका लागि म्याद थप्‍न महरालाई आजै अदालतमा उपस्थित गराइने छ।स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ।  यसअघि असोज २८ गते जिल्ला अदालतमा उपस्थित गराएका महरालाई पक्राउ परेको मितिबाट १३ दिन म्याद थप गरिएकोमा आज म्याद सकिएको हो।

आज पनि महरालाई अस्पतालबाटै अदालत लगिएको हो।प्रहरीले घटनाबारे महरासँग अझै बयान पूर्ण गर्न सकेको छैन। बिरामी परेको भन्दै अस्पताल भर्ना भएपछि बयानको प्रक्रिया लम्बिएको हो।

संसद सचिवालयका महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महरालाई असोज १९ गते सभामुख निवासबाटै प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको छ। महराविरुद्ध संसद् सचिवालयमा कार्यरत रोशनी शाहीले आफूलाई बलात्कार प्रयास गरेको आरोप लगाएकी छन्। महरासँग पारिवारिक सम्बन्धमा रहेकी ती महिलाले असोज १८ गते शनिबार महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा किटानी जाहेरी दिएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्