धरानमा हुने चलचित्र महोत्वसको तयारी तिब्र, स्वीसको ३ सहित २१ चलचित्र प्रदर्शन हुने

धरानमा हुने चलचित्र महोत्वसको तयारी तिब्र, स्वीसको ३ सहित २१ चलचित्र  प्रदर्शन हुने

विराटनगर । धरानमा हुने अन्तराष्ट्रिय चलचित्र महोत्वसको तयारी तिब्र पारिएको छ । आउँदो कार्तिक २१ देखि २४ गतेसम्म धरान उपमहानगरपालिकामा सञ्चालन हुने अन्तराष्ट्रिय चलचित्र महोत्सवका सम्बन्धमा मुल आयोजक समितीको सचिवालय उद्घाटन पछि पत्रकार सम्मेलन गरि महोत्सवको तयारीको बारेमा जानकारी दिईएको हो । चलचित्र महोत्सव मुल आयोजक समितीका अध्यक्ष आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले चलचित्र महोत्सवको तयारी कार्यालय स्थापना हुनुले पुरा भएको बताए ।
सुनसरी उद्योग वाणिज्य संघको भवनमा महोत्सव ब्यवस्थापनका लागि सचिवालय समेत संचालनमा ल्याएको छ । चलचित्र महोत्सवमा साँस्कृतिक पहिचान र विविधता समेतझल्कनेगगरी बिभिन्न २१ वटा चलचित्र प्रदर्शनी हुने जानकारी दिईएको छ । जसमा १८ वटा नेपाली चलचित्र र ३ वजटा स्वीस चलचित्रहरु महोत्सवमा प्रदर्शन हुनेछन् ।
चलचित्र महोत्सवको अलावा जातीय, धार्मिक, सांस्कृतिक पहिचान झाल्कने झाँकी प्रदशन हुने जनाईएको छ । चलचित्र एवम् साँस्कृतिक विविधताका बिषयमा अन्तरक्रिया समेत हुनेछ । २१ गते हुने उद्घाटनमा बिभिन्न क्षेत्रका ब्यक्तिहरुको उपस्थिती रहने समेत पत्रकार सम्मेलनमा मन्त्री कार्कीले जानकारी दिए ।
पर्यटन महोत्सवलाई प्रदेशको पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याउने महत्वपुर्ण पक्षका रुपमा हेरिएको मन्त्री कार्कीले बताए । प्रदेश १ सरकार र चलचित्र विकास बोर्डको आयोजना तथा धरान उपमहानगरपालिका र स्वीस विकास नियोगको सह–आयोजनामा हुने चलचित्र महोत्वसको लागि मुख्यमन्त्री संयोजक रहेको निर्देशक समिती, आन्तरिक मामिला तथा कानुन मन्त्री संंयोजक भएको मुल आयोजक समिती र प्रदेश सरकारका प्रमुुख सचिवको सांयोवकत्वमा ब्यवस्थापन समिती बनाईएको छ ।
प्रदेशका कुन ठाउँलाई चलचित्रको नगरी बनाउने, छायांकन स्थलको पहिचान, चलचित्र छायांकन स्थलको निर्माण तथा प्रदेशका जातजातिको विविधता झल्काउने काम महोत्सवले गर्ने मन्त्री कार्कीले बताए । महोत्सवमा चलचित्रको इतिहास, वर्तमान र भविष्यको समेत पहिचान गर्नेगरी कार्यक्रम हुने मन्त्री कार्कीले स्पष्ट पाए । सबैलाई निःशुल्क गरिएको महोत्सव धरान सभागृहमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्